४५ औँ विश्व पर्यटन दिवस ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नवलपुरको अमलटारीमा पर्यटन बसको उद्धघाटन गरिएको छ । नवलपुर पर्यटन समितिले पर्यटक लक्षित गरि अमलटारी देखि काठमाण्डौंसम्मका लागि दैनिक दुईवटा बस संचालन गर्ने गरि उक्त बसको आज उद्धघाटन गरिएको छ । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उक्त बसको आज उद्धघाटन गर्नुभएको हो ।दैनिक बिहान अमलटारीबाट एउटा बस र काठमाण्डौंबाट अर्को बस छुट्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी सहित नवलपुरका क्षेत्रमा आउन चाहने पर्यटकको सुविधिका लागि बस संचालन गरिएको उहाँले बताउनुभयो । बिहान अमलटारीबाट आठ बजे र काठमाण्डौंबाट समेत बिहान आठ बजे बस छुट्ने छ । बसको टिकटका लागि ९८६४५२६०९० मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयोअमलटारीबाट संचालनमा आएको बसको टिकट नवलपुर पर्यटन समितिको कावासोती–१५, मा रहेको कार्यालयबाट काटिने समितिका सल्लाहकार धनिराम गुरौले बताउनुभयो ।पर्यटन बस उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले नवलपुरमा आएका पर्यटकको बसाई लम्बाउने गरि एकिकृत रुपमा योजना तयार पार्नुपर्ने बताउनुभयो । उहाँले नवलपुरमा रहेका पर्यटकिय क्षेत्रहरुलाई जोडेर पर्यटक सर्किट निर्माण गर्न सके यहाँको पर्यटनको थप विकास हुने बताउनुभयो । जिल्लाको त्रिवेणी, अमलटारी, हुँदै देवचुली पहाड लगायतका पर्यटकीय क्षेत्रलाई जोड्ने गरि कार्यहरु गर्नुपर्ने बताउनुभयो ।कालिगण्डकी सभ्यातासँग जोडेर नदि तटिय क्षेत्रका स्थल, मध्यवर्ती क्षेत्र र यहाँका वन्यजन्तु पर्यटनका प्रचुर सम्भावना भएको क्षेत्र रहेको उहाँको भनाई थियो । आदिवासी थारु समुदायको सस्कृति र सभ्यता समेत यहाँको पर्यटन विकासका आधार भएको भन्दै सबैले हातेमालो गर्दै जिल्लाको पर्यटन क्षेत्रको थप विकासमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।कावासोतीको अमलटारीबाट पर्यटन बस संचालनमा आएकोमा उहाँले सफलताको शुभकामना दिनुभयो ।कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेक बहादुर मौनीले पर्यटन क्षेत्र हिजो आज घुमफिर मात्रमा सिमित नभएर अन्य धेरै विषयसँग जोडिदैँ गएको बताउनुभयो । यस वर्षको नारा ‘पर्यटन र शान्ती’ ले समेत यसलाई थप जोड दिएको बताउनुभयो । उहाँले पर्यटन दिवस मनाइरहँदा यसको महत्व र क्षेत्र थप विस्तार हुँदै गएको बताउनुभयो । नेपाल आफैमा पर्यटकीय गन्तव्यका रुपमा चिनिदै गएपनी पर्यटन पूर्वाधारको विकास भने त्यती हुन नसकेको बताउनुभयो । नवलपुरको हकमा यहाँका पर्यटकी क्षेत्रको क्रमश विकास हुँदै गएको उहाँको भनाई थियो । घरबास एसोशियसन नेपालका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले नवलपुरलाई अमलटारीले चिनाउने गरेकोमा यहाँ पर्यटन बस संचालनमा ल्याउनु महत्वपूर्ण सुरुवात भएको बताउनुभयो । अमलटारी सहित जिल्लामा पर्यटकीय गतिविधि बढ्दै गएको भन्दै यसको थप विकासमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । वन्यजन्तु र संस्कृति यहाँको प्रमुख पर्यटनको आधारका रुपमा रहेको मर्दनिया थारुले बताउनुभयोकावासोती दशका वडा अध्यक्ष टेक नारायण महतो, पन्ध्रका अध्यक्ष तेजकुमार श्रेष्ठ लगायतले बोल्दै पर्यटनलाई जोड्ने यातायात समेत भएकाले पर्यटन बस संचालन हुनु नयाँ आयाम भएको बताएका थिए । यो क्षेत्रकै लागि महत्वपूर्ण सुरुवात भएको उनिहरुले बताएका थिए ।नवलपुर पर्यटन समितिको आयोजना तथा कावासोती नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, घरबास एसोशियसन गण्डकी प्रदेशको सहकार्यमा भएको पर्यटन बस उद्धघाटन , वृक्षरोपण , शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता फन्सराम महतोले गर्नुभएको थियो भने कार्यक्रमको संचालन धनिराम गुरौले गर्नुभएको थियो । कार्यक्रममा समितिका सल्लाहकार बुद्धिसेन चौधरीले स्वगत मन्तव्य राख्नुभएको थियो ।